Logo

प्रमुख समाचार

११ बुदे सम्झौताको बिरोध गर्दै नेबि संघ सडकमा उत्रियो



सरकार र सिके राउत बिच भएको सम्झौतालाई खारेजको गर्न माग गर्दै आज नेपाल विद्यार्थी संघले प्रदशन गरेको छ। आज नेपाल विद्यार्थी संघले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि प्रदशन गर्दै तत्काल सम्झौता खारेज नगरे कडा आन्दोलनमा उत्रिने बताएको छ।

सरकारले राष्ट्रलाई टुक्राउने सम्झौता गरेको भन्दै नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईको नेतृत्वमा प्रदशन भएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिएका छन।

आन्दोलनमा नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाई अध्यक्ष सन्जिव ढकाल, पुष्कर बास्तोला, धादिङका विद्यार्थी नेता बिकाश अधिकारी लगाए तीन दर्जन नेताकार्यकर्ता हरुको सहभागी रहेको थियो। सरकारले सिके राउत सँग भएको सम्झौता कार्यन्वयन गरे देश बिखन्डनमा जाने आन्दोलनमा सहभागी नेताहरू बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।