Logo

प्रमुख समाचार

विप्लवसँग किन तर्सिए प्रचण्ड !



जनयुद्धका बेला आफूले समातेको बाटोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको कार्यशैलीले प्रचण्डलाई झस्क्याएको छ ।केही समययता विप्लव समूहले लिएको हिंसाको राजनीति प्रचण्डले समातको शान्ति प्रक्रियाको मोडलको विपरित भएपछि उनी तर्सिएको संकेत पोखरामा दिए ।

विप्लव समूहले पूर्वमाओवादीलाई समेत टार्गेट बनाएको छ । यस्तो अवस्था देखेका प्रचण्डले सोमबार पोखरामा पत्रकारसँग भने,‘यो मैले गरेको कामको नक्कल हो, पार लाग्ने बाटो होइन ।’२५ बर्षअघि आफूले समातेको बाटोबाट अहिलेको परिस्थिति अनुकुल क्रान्ति हुन नसक्ने प्रचण्डको तर्क छ ।

आफ्नो नामबारेको अभिमान प्रस्तुत गर्दै विप्लवप्रति कटाक्ष गरेका प्रचण्डले भने,‘प्रचण्डको नक्कल गरेर म पनि प्रचण्ड बन्छु भन्नु मनोगत हुन्छ । अहिलेको परिस्थिति फरक छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १७:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।