Logo

प्रमुख समाचार

नेकपाका शीर्ष नेता, को-को प्रतिपक्षको भूमिकामा छन् ?



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् ।

सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन् । पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

त्यस्तै, पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ ।

रावलले ‘होली वाइन’ ग्रहणदेखि सिके राउतसँगको सम्झौतालाइइ निरन्तर विरोध गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लिएर सरकार र नेताहरुको आलोचना गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ०२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।