Logo

प्रमुख समाचार

भीम रावलले यसरि दिए केपी ओलीलाई काउन्टर



अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् !

राष्ट्रिय अखण्डताको कुरा गर्दा आफूलाई आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तथानाम भनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावल पनि काउन्टरमा उत्रिएका छन् ।

उनले नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको ओलीलाई सचेत पारेका छन् ।

रावलले अलग देशको नेता झैं सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा गर्नु कहाँसम्मको खेल हो भनी प्रश्न गरेका छन् ।

नेता रावलले त्यस्ता गलत कुराहरु आफू विरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् भनेका छन् ।

उनले ट्वीटरमा ट्वीट गरेको सन्देश यस्तो छ –‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’

रावलले गत शुक्रबार सिके राउतसंग सरकारले गरेको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् । जेलबाट छुटेको मान्छेसंग रातारात पार्टीमा छलफलसमेत नगरी विवादित सहमति गर्नु गलत भएको रावलले बताउँदै आएका छन् ।

ओलीले भने आफ्नो गल्ती ढाकछोप गर्ने क्रममा आफ्नो पार्टीदेखि विपक्षी सम्मलाई गाली गर्न छाडेका छैनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।