Logo

प्रमुख समाचार

सरकार बिरुद्ध विप्लवको कडा चेतावनी ! के भने ?



नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्निस्ट पार्टी नेकपा भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेको स्पष्ट पारेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले जनतावाट निर्वाचित भनिएको सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक छवि देखाएको आरोप लगाएका छन् ।

उनले भनेका छन्,”हामीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेपनि सरकारले हामीहरुविरुद्ध कारवाही गरिरहेकोे छ ।” आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।