Logo

प्रमुख समाचार

विप्लवमाथि प्रतिबन्ध लगाउनु सरकारको ठुलो भुल : तरुण महासचिव भुपेन्द्र जंग शाही



नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेकपा विप्लबलाई प्रतिबन्ध लगाउनु सरकारको ठुलो भुल रहेको बताएका छन् । भर्खरै सरकारले नेकपा विप्लब माथि प्रतिबन्ध लगाउने घोषणा गर्ने सार्वजनिक भएसँगै महासचिव शाहीले राजनीतिक एजेण्डा बोकेको पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको ठुलो भुल भएको बताएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै राजनीतिक शक्तिलाई राजनीतिक तवरले नै हल गर्नुपर्ने बताउँदै सरकारले मुलुकमा पुनः द्वन्द्व निम्त्याउन खोजेको जिकिर गरे । ‘सिके राउतलाई खुल्ला गरेर विप्लबलाई प्रतिबन्ध लगाउनु सरकारको मुर्खता हो, यो राजनीतिक विषय भएकोले राजनीतिक तवरले नै हल गर्नुपर्दछ ।’ महासचिब शाहीले भनेका छन् ।

साथै उनले देश नै विखण्डन गर्ने अभियान चलाएका सिके राउतलाई सुरक्षा गार्ड दिएर राज्यले नै संरक्षण गरेको जिकिर समेत गरेका छन् । ‘सिके राउत जस्तो देश विखण्डनको मुद्दा बोकेर हिँडेकोलाई सुरक्षाकर्मी नै दिएर राज्यले सुरक्षा गर्दा अर्को समुहलाई प्रतिबन्ध लगाउनु उचित हैन ।’ मकालु खबरसँग कुरा गर्दै शाहीले भने ।

नेपालमा १० वर्ष शशस्त्र द्वन्द्व गरेको पार्टी तत्कालिन नेकपा माओवादी पनि अन्तमा शान्तिपूर्ण राजनीतिमा आएको इतिहास रहेको भन्दै महासचित्र शाहीले ‘अब जनता पुनः द्वन्द्वमा जान चाहँदैनन’ भनेका छन् । उनले अब मुलुकमा स्थिर शान्ति र संबृद्धि चाहने हो भने, राजनीतिक आस्था बोकेकालाई सरकारले प्रतिवन्ध लगाएर भन्दा पनि शान्तिपूर्ण अवतरणको ढोका खुल्ला गरेर वार्ताको माध्यमबाट समस्या हल गर्नतिर लाग्नुपर्ने बताएका छन् ।

उनले विप्लब माओवादीलाई पनि हिँसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । हिँसाको राजनीतिले मुलुकको शान्ति र विकासमा ठूलो असर गर्ने भन्दै शान्तिपूर्ण ढंगले मूलधारको राजनीति गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।