Logo

प्रमुख समाचार

सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएपछि काँग्रेसको आयो यस्तो प्रतिक्रिया



प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउँदैमा समस्या समाधान नहुने र मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता नहुने प्रतिक्रिया दिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हामीसंग कुरा गर्दै विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउँदैमा समस्या समाधान भयो भनेर सोचे त्यो महागल्ती हुने बताए ।

हिजो काँग्रेस लगायत हालका प्रधानमन्त्रीले नेतृत्व गरेको पाटीले यो भन्दा अप्ठेरो अवस्थामा पनि माओवादीलाई विश्वासको वातावरणमार्फत अवतरण गराएको भन्दै प्रवक्ता शर्माले आज दुई तिहाइको सरकारले विप्लवको पार्टीलाई प्रतिवन्ध लगाएर बुद्धिमता नदेखाएको बताए ।

काँग्रेसका अर्का नेता तथा सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रतिवन्ध लगाउँदैमा विप्लव नेतृत्वको पार्टीका गतिविधि बन्द हुन्छ र हत्या आतंक बन्द भएर सामान्य हुन्छ भनेर विस्वास गर्न नसकिने बताए ।
यसअघि सरकारले एक वर्षको कार्यकालमा विप्वलका गतिविधि हेरेर मात्रै बसेको र वार्ताप्रति पनि गम्भीरता नदेखाएको काँग्रेसले आरोप लगाएको छ ।

‘सरकारले वार्ताप्रति गम्भीरता देखाएन । संवैधानिक प्रकृयामा आउन चाहेन भनेर नवोली बस्यो, विप्लवका गतिविधिलाई देखेको नदेख्यै गर्यो । जसका कारण उसका गतिविधि बढे, अन्त्यमा लुटेरा भनेर प्रतिवन्ध नै लगायो, यसले राम्रो संकेत गरेको छैन’, महतले भने ।

यद्यपी संविधान नमान्ने र आतंक मच्चाउनेलाई सरकारले नियन्त्रण गर्नु आफ्नो जिम्मेवारीमा पर्ने काँग्रेस नेता महतकोे भनाई छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०१:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।