Logo

प्रमुख समाचार

ओली-प्रचण्ड परे चकित गरि स्वतन्त्र मधेश गठबन्धनले रेशम चौधरीको पक्षमा यस्तो बोल्यो



स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले राजपा नेपालकाे आगुवमा २०७२ सालमा भएको आन्दोलनलाई राजनीतिक मुद्दाकाे रुपमा समाधान गर्नुपर्ने जिकिर गरेको छ।गठबन्धनको रुपन्देही कार्यसमितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी सरकारसँग भएको ११ बुँदे राजनीतिक सहमतिसहित राजपाको मागमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा रुपन्देहीका संयोजक भुपेन्द्र यादवले भने, राजपाका नेता रेश्म चौधरीलाई जेल सजाय हुनु दुःखद विषय हो। उनले कसैले आफ्नो अधिकार प्राप्ति आन्दोलनको क्रममा यस्तो घटना हुन्छ भने त्यसलाई राजनीति सहमतिबाट आगडि बढे समग्र देशको लागि राम्रो हुने बताए।

स्राेतका अनुसार सीके राउत नेतृत्वकाे गठबन्धनका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूकाे यस्ताे रवैयाले सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली र अर्का अध्यक्ष प्रचण्ड तनावित जस्तै देखिएका छन्। स्राेतले भन्याे, ‘ओली प्रचण्डलाईगठबन्धका कार्यकर्ताहरूकाे यस्ताे रवैया देखेर आश्चर्य चकित परेका छन्।’

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।