Logo

भारत-पाकिस्तान सीमामा दैनिक जसो भीडन्त, २ भारतीय सेनाको मृत्यु



जम्मू–कश्मिरस्थित राजौरी जिल्लामा पाकिस्तानी सेनाले गोलाबारी गर्दा पुनः २ भारतीय सेनाको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

सुन्दरबनी भारत पाकिस्तान सीमाको सेक्टरमा पाकिस्तानी सेनाले अन्दाधुन्द गोली चलाउँदा २ भारतीय सेनाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा नायक एवं गोर्खा बटालियनका प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीबार पनि भारतीय सेनामाथि पाकिस्तानी सेनाले पुन्छ जिल्लास्थित किरनी, कस्बा र शाहपुर सेक्टरमा गोलाबारी गरेको बताइएको छ । जसमा एक भारतीय सेनाको मृत्यु भएको जनाइएको थियो ।

शुक्रबार पुनः पाकिस्तानी सेनाको गोलाबारीमा परेर गम्भीर घाइते भएका भारतीय सेनाको मृत्यु भएको भारतीय पक्षले जनाएको छ । त्यस्तै पाकिस्तानी सेनको गोलाबारी पछि भारतीय पक्षले पनि जवाफी कारवाही गरिरहेको बताइएको छ ।

एकसाता अघि पनि पाकिस्तान भारत सीमामा दुवै मुलुकका सेनाबीच गोली हानाहान भएको थियो । जसमा भारतीय पक्षले धेरै क्षति भोग्नु परेको थियो ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  १२ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।