न्युजील्यान्ड भ्रमणमा रहेको पाहुना टोली वेस्टइन्डिजले आज भएको दोस्रो टि ट्वान्टी प्रतियोगितामा ७२ रनको हार ब्यहोरेको छ ।
माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी–ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजील्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजील्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको विशाल योगफल बनाएको थियो भने न्युजील्याण्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनायो ।
न्युजील्याण्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय इनिङ्स खेले। ५१ बलको सामना गरेका फिलिप्सले १ सय ८ रन बनाएर आउट भए । ४६ बलमा शतक पुरा गरेका फिलिप्सले ८ छक्का र १० चौका प्रहार गरे । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक समेत हो। यस्तै डेभोन कोनवेले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै वेस्टइन्डिजका लागि कप्तान किरण पोलार्डले सर्वाधिक २८ रन बनाए । यस्तै शिम्रन हिटमायरले २५ रन जोड्दा आन्द्रे फ्लेटचर र केली माएर्सले समान २० २० रन बनाए । किमो पाउलले अविजित २६ रन जोड्दा फाबियन एलेनले १५ रन बनाए । न्युजील्याण्डका केली जेमिसन र मिचेल स्टानरले समान २ २ विकेट लिए । प्रतियोगिता अन्तर्गत अन्तिम तथा तेस्रो खेल सोमबार हुदैंछ ।
प्रतिक्रिया