Logo

प्रमुख समाचार

माधवकुमार नेपाल आफ्नै सरकारको विरोधमा उत्रिएपछि…



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकारले आफ्नो कमी कमजोरीको सुधार गर्नुपर्ने बताएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्थाले नयाँ वर्षको अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको बृहत औद्योगिक मेलाको उद्घाटन गर्दै उनले सरकारलले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताए ।

एक बर्षको अवधिमा सरकारले जनतालाई खासै जनतालाई परिवर्तनको अनुभूति दिन नसकेको भन्दै उनले आलोचना गर्नेहरुको राम्रो कुरालाई स्वीकार गर्नु सरकारको दायित्व भएको बताए ।

मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको, अब विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्न उनले सबैलाई आग्रह गरेका छन् । पर्यटन प्रबद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गरेर व्यापार घाटा बढाउनुपर्ने र विदेशी लगानीलाई भित्र्याउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।