सुखि नेपाली सम्बृद्ध नेपाल को नारा सहित प्रधानमन्त्री केपी ओलीले हरेक दिन सरकारको सम्पुर्ण ध्यान विकास र सम्बृद्धिमा केन्द्रित रहेको कुरा पटक पटक उद्घोष गरिरहेका छन् । आजै पनि देशबासिका नाममा सम्बोधन गर्दै ओलीले सुशासनको जग बसालिएको र अब त्यहि जगमा टेकेर तिब्र विकासको यात्रामा देश अगाडि बढ्ने ठोकुवा गरे ।
प्रधानमन्त्रीले जे भनेपनि ग्राउडको वास्तविकता भने अलि भिन्न छ । आसारे विकासको आरोप खेपेर सँधै आलोचना भइरहने सरकारले यस पटक चैत देखिनै टालटुले विकासको क्रम सुरु गरेको छ । विकासको क्रम सुरु हनु अन्यन्तै सकारात्मक काम भएपनी प्रबृती भने पुरानै रहको छ । अत्यन्तै कच्चा काम गर्दै नागरिकको आँखामा छारो हाल्ने काम सुरु भएको छ ।
सामाजिक संजाल फेसबुक प्रयोगकर्ता तुरुप संग्रोलाले काभ्रे धुलिखेलको एउटा भिडियो खिचेर आफ्नो वालमा राखेका छन् । ‘कुरी कुरी धुलीखेल’ लेखेर उनले फेसबुकमा राखेको भिडियोमा धुमधाम सँग गरिएको सडकको कालोपत्रै सजिलैसँग हातले उक्किरहेको देख्न सकिन्छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता अनगिन्ती घटनाहरु जताततै देख्न सकिन्छ। यसबाट स्थिर सरकारको पनि अस्थिर बिकासको रोगलाई प्रष्ट बुझ्न सकिन्छ ।


















प्रतिक्रिया