Logo

प्रमुख समाचार

रेखा थापाको प्रचण्डलाई कडा–कडा जवाफ !



राप्रपा संयुक्तकी नेतृ रेखा थापाले कुनै बेला तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नाचेर चर्चा कमाएकी थिइन् ।अहिले उनले अर्को पार्टीमा लागेपछि प्रचण्डको आलोचना गर्न लागेकी छन् । थापा कहिले फिल्म, कहिले नीजि जीवन, कहिले दिवस र उत्सबका अनेक हर्कत त कहिले राजनीतिक बयानबाजी गरेर मिडियामा छाइरहन्छिन ।

केही दिन अगाडि प्रचण्डले बम पड्काएर विप्लव कहिँ पनि नपुग्ने बताएका थिए । त्यसको जवाफमा रेखाले ‘तपाईले चाहीँ परेवा उडाएर क्रान्ति गर्नु भएको थियो ?’ भनेर जवाफ फर्काएकी छन् ।पहिलो संविधानसभा विघटन हुनु अघिदेखि राजनीतिमा आउने महत्वकांक्षामा थापा तत्कालिन एमाओवादीसंग नजिकिएकी थिइन् ।

माओवादीले माधवकुमार नेपालको सरकारविरुद्ध गरेको आन्दोलनमा थापाले सहयोग गरेकी थिइन् । सिंहदरबार घेराउका क्रममा प्रचण्डसँग नाचेको प्रसङ्ग सदाबहार चर्चाको विषय बनिरहेको छ ।

त्यसलगत्तै बिराटनगरमा भएको सभामा पनि थापा माओवादीको आन्दोलनको समर्थन गर्दै प्रचारमा कुदेकी थिइन् । तर, दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीबाट टिकट नै पाउने रेखाको ध्येय सफल भएन । मतदाता नामावली नरहेकाले उनले टिकट पाइनन् ।

टिकट नपाएपछि थापाले राजनीतिक दिशा बदलिन । दोस्रो संविधानसभा चुनावपछि समानुपातिकमा बलियो बनेको तत्कालिन राप्रपा नेपाल र राप्रपाको एकीकरण महाधिवेशनका बेला उनी सोही दलमा प्रवेश गरिन् ।

थापासहित गायिका कोमल वलीले राम्रै मत ल्याए । वली अहिले नेकपामा प्रवेश गर्दै राष्ट्रिय सभा सदस्य बनिन् । थापा त्यसपछि फुटेको राप्रपा मध्ये पशुपति शमशेर राणाको राप्रपा संयुक्तमा आवद्ध छिन् ।

पछिल्ला केही समयदेखि भने थापाले विद्रोहको राजनीति गरिरहेका नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्दको समूहलाई बल पुग्नेगरी अभिव्यक्ति दिन थालेकी छन् ।उनले सत्तारुढ दल र नेताको कटाक्ष गरिरहेकी छन् । त्यसमा पनि प्रचण्डको तिव्र आलोचनामा उनले शब्द खर्च गर्दै आएकी छन् । अभियान टाइम्सका साथमा ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।