हिजो मात्रै चिन बाट फर्किएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चिन बाट फर्किएको भोलीपल्टै अमेरिका जाने भएका छन् ।भाइको छोरीको विवाहमा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
उनी ३ तारिखमा फर्कने कार्यक्रम छ ।नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।नेताहरुले भने नेपाललाई ट्रान्जिट मात्र बनाएको भन्दै ठट्टा गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा पर्छन् ।
यो पनि पढ्नुहोस्
राष्ट्रपति गएकै बेला रातारात माधव नेपाल किन गए चीन ? खुल्यो कारण
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा गएकै बेला नेता नेपाल पनि चीन प्रस्थान गरेका हुन्।
चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका छन्।
नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।


















प्रतिक्रिया