तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएका मधेश तराई फोरम नेपाल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बीच एकीकरण हुने भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए ।
मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।
क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादव ले मधेशमा समस्या समाधानका लागि नेकपासँग एकीकरण गर्न लागेको बताए ।


















प्रतिक्रिया