विवादस्पद सिके राउत निर्वाचन आयोगमा पुगेपछि राजपा-फोरमका शिर्ष नेता तनावमा परेको खबर छ ।पछिल्लो समय नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजपा र फोरमसँग पार्टीको एकता गराउने गरि आन्तरिक छलफल समेत दु्रत गतिमा चलेको हो ।
पछिल्लो समय राजपाले पनि नयाँ शक्तिसँग एकताको लागि प्रक्रिया आरम्भ गर्ने सार्वजनिक घोषणा गरिसकेको छ ।
सुरुवातदेखि नै बाबुराम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफलमा छन् । उनीहरुबीच पार्टी एकताबारे केन्द्रित रहेर धेरै पटक छलफल तथा कुराकानीहरु समेत भैसकेका छन् ।
अहिले उपेन्द्र यादव पनि सरकार छाडेर सडक सर्घष गर्ने मुडमा छन् । बाबुरामसँग एकता गरेर संविधान संशोधनलगायतका विषयहरु पूनः जोडदारसँग उठाउने यादवको तयारी छ ।
सिके राउतको जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा
उता सिके राउत नेतृत्वको जनमत पार्टी दर्ताका लागि हिजो निर्वाचन आयोगमा निवेदन दिएसँगै मधेशमा अब कुन शक्ति बलियो भन्ने तर्क सुरु भएको छ ।ओली सरकारको साथ पाएको सिके राउत नेतृत्व पनि यति बेला निकै रौसिएको छ ।
अहिलेसम्म शक्तिमा रहेका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई भने राउतको पार्टी दर्ता हुनेसँगै तनाब बढेको हो।केही दिनअघिमात्रै राउतले मधेशवादी दलको दुकान अब बन्द हुने घोषणा गरेका थिए । पार्टीको अध्यक्षमा राउत छन भने केन्द्रीय समिति ३५ सदस्यीय रहेको छ ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको विधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ । जनमत पार्टीको मार्ग निर्देशक सिद्धान्तमा जनसंप्रभुत्ता, लोकतन्त्र, समाजिक न्याय र समाजवाद रहेको छ ।


















प्रतिक्रिया