Logo

प्रमुख समाचार

केपी सरकारबिरुद्ध एघार विद्यार्थी संगठनको प्रदर्शन



संयुक्त एघार विद्यार्थी संगठनले केपी ओली सरकारविरुद्ध काठमाडौंमा वृहत प्रदर्शन गरेको छ।

शैक्षिक बेथिति, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका हुन्।

निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई पनि उनीहरुले प्रमुख मुद्धा बनाएका छन्।

काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको भन्दै पहिलो चरणको आन्दोलन अनुसार विरोध प्रदर्शन गरिएको बताए। उनले यस्ता मुद्धामा सरकारको ध्यानाकर्षण गराउन दवावका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए।

नेविसंघ, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी, बैद्य माओवादी निकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौ) लगायतका ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १४:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।