Logo

प्रमुख समाचार

शब्दको पछाडि लागेर राष्ट्रपतिलाई विवादमा लैजानु हुन्न : याेगश भट्टराई



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा नेता याेगेश भट्टराईले सरकारकाे नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुकाे अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएकाे बताएका छन् । उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभाैम नेपालीकाे भएकाे बताउँदै यस्ताे बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक-पटक ‘मेराे सरकार’ भनेर सम्बाेधन गरेका थिए । साेही विषयलाइ लिएर चर्चा भइरहँदा भट्टराईले राष्ट्रपतिले बाेलेकाे बारेमा गलत अर्थ नलगाउन बताएका हुन् ।

उनले भने, ‘सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्रीको सरकार भन्ने अर्थ हो । शब्दको पछाडि लागेर राष्ट्रपतिजस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउनुहुन्न । शाब्दिक कुरामा अल्झिएर नीति तथा कार्यक्रमलाई ओझेलमा पार्नुहुन्न ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।