प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताएका छन् ।संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यन्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाए ।
नीति तथा कार्यक्रमलाई पास गर्न सबै सांसद एक हुन उनले निर्देशन पनि दिए । नीति तथा कार्यक्रममा नपरेका विषय बजेटमा समेट्न सकिने उनको भनाई छ । उनले नीति तथा कार्यक्रम कार्यान्वयन गरेरै छोड्ने आफ्नो प्रतिबद्धतालाई साथ दिन सांसदहरुलाई आग्रह गरे ।
जनतालाई मध्यनजर राखी बजेट सरकारले पेश गर्ने भन्दै उनले बजेटको बारेमा अलि गम्भीर छलफल गर्ने र नीति तथा कार्यक्रम पास गर्नुपर्ने धारणा पनि राखे । उनले नीति तथा कार्यक्रममा केहि छैन भन्नु बिना अध्ययनको टिप्पणी भएको तर्क गरे ।
बैठकमा उहाले सरकारको संरचनाको माथिल्लो तहमा बसेको प्रतिनिधीले सरकारलाई मेरो भन्नु कुनै अनौठो नरहेको समेत स्पष्ट पारे ।उनले राज्यको माथिल्लो तह राष्ट्रपति भएको भन्दै राष्ट्रपतिले देशलाइ आफ्नो भन्दा पनि विरोध गर्नु कुनै तर्कसंगत नहुने धारणा राखे ।


















प्रतिक्रिया