मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा आज हुँदैछ । फाइनान्सको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुन लागेको हो । फाइनान्सको कार्तिक १९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्ता सभा हुन लागेको हो ।
सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६ असार मसान्तको लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १० गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् ।





















प्रतिक्रिया