Logo

प्रमुख समाचार

कांग्रेस सभापति कोईरालामाथि आक्रमण, दोषीलाई कार्वाही गर्न सांसद डिला संग्रौलाको माग



बाँकेको खजुरास्थित नेपाल रेडक्रस सोसाइटीको सभा हलमा नेपाली कांग्रेसले आयोजना गरेको हिमाल, पहाड, तराई, मधेस जागरण अभियान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको आक्रमणमा परि बाँके कांग्रेस सभापति किरण कोइराला सख्त घाइते भएकी छन् ।

कांग्रेसले सत्तारूढ नेकपाका वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा १४/१५ जनाको समूहले आक्रमण गरेको बाँके कांग्रेसले जानकारी दिएको छ । आक्रमणमा परि सभापति कोइराला सहितका अन्य केही नेता समेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

यसैबीच नेपाली कांग्रेसकि नेत्री एंब सांसद डा. डिला संग्रौलाले बाँके घटनाको भत्सर्ना गर्दै सत्ताको आडमा नेकपा कार्यकर्ताले गरेको कायरतापूर्ण आक्रमणको निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरेकी छिन । अनलाइनपानासँग कुरा गर्दै सांसद संग्रौलाले यो कांग्रेस माथीको मात्रै आक्रमण नभएर एक महिला नेत्री माथिको सांघातिक हमला समेत भएको भन्दै दोषीलाई कार्वाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।

बाँकेमा कांग्रेस कार्यक्रममा नेकपाको आक्रमण, ६० जना घाइते

नेपाली कांग्रेसले जारी राखेको राष्ट्रिय जागरणको दोस्रो दिनमा बाँकेमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले हस्तक्षेप गरेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा कार्यक्रम भइरहेका बेला नेकपाका वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका नेकपाका कार्यकर्ता कार्यक्रमस्थल प्रवेश गरेर सांघातिक आक्रमण गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ–नेकपाका खजुरा गापा वडा नम्बर १ का वडाध्यक्ष सुनिल मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदै भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवम् सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।”

                                              यस्तो छ विज्ञप्ति
                                                                                                                                                    भाद्र २६, २०७६     
प्रेस विज्ञप्ति

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश ९हिपतम० राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ को प्रदेश सभा क्षेत्र नं। २ को खजुरा गाउँपालिका वडा नं। २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३र१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०र६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।

बढु्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।

नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ । आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।