Logo

प्रमुख समाचार

धादिङका नेकपा नेता कांग्रेसमा प्रवेश



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका जिल्ला सदस्य जितेन्द्र चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्षसमेत रहेका चेपाङले नेकपा परित्याग गरेको ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका प्रदेश सांसद सन्तबहादुर प्रजाले बताए ।

प्रजालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सितादेवी यादब, ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँलगायतले स्वागत गरेका थिए ।

नेकपाको सरकार बनेको १८ महिना बितिसक्दा पनि सरकार प्रभावकारी ढंगले नचलेको भन्दै नेकपाभित्र पनि असन्तुष्टि पैदा भएको छ । नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । नेकपामा पार्टी व्यवस्थापन नहुँदा र कार्यकर्ताले जिम्मेवारी नपाउँदा पनि पार्टीप्रति बितृष्णा बढ्दै गएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।