Logo

प्रमुख समाचार

सत्तारुढ नेकपा त्यागेर पाँच सय ५० भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले देशभर सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी प्रवेश गर्नेको लर्को लागेको हो ।

उक्त क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीमा भएको कार्यक्रममा ५ सय ५० भन्दा बढी नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णु खनाल ‘मुस्कान’ ले दिएको जानकारी अनुसार नेकपाका स्थानीय नेता तथा वडा अध्यक्ष पदका उम्मेदवार नुरमहमद अलि, वडा सदस्य पदका उम्मेदवार मधु पन्तसहित ५ सया ५० जना भन्दा बढीलाई कांग्रेसमा भित्र्याइएको हो ।

नवप्रवेशीहरूलाई मुस्कानसहित पूर्वमन्त्री रेवतीप्रसाद भुषाल, चन्द्रबहादुर केसी, पूर्व जिल्ला सभापति कमल भुसाल लगायतले सोमबार पार्टी प्रवेश गराएका हुन् । यसअघि पाणिनीको धातिवाङ्गमा पनि दुई दर्जन नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।