Logo

राेजगार

सैनिकको तलब बढ्यो, कसको कति ?



नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ । तल्ला तहका सिपाहीसहित अधिकृतहरूबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाइ गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता बढाउने निर्णय गरेका हुन् ।

थापाको अध्यक्षतामा सोमबार सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिमहिना १ हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन् । सो रकम नेपाली रुपैयाँ १ लाख २७ हजार बराबर हुन आउँछ ।

बैठकले मिसनमा गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीको समेत तलब बढाएको छ । प्रमुख सेनानीले प्राप्त गर्ने गरेको १ हजार ३ सय ७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३९९ पु¥याइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता आगामी १४ असोज ९१ अक्टुबर०देखि लागू हुने जानकारी दिए ।

प्रधानसेनापति थापाले गत साता जंगी अड्डामा सकलदर्जालाई गरेको सम्बोधनका क्रममा समेत मिसनमा जाने सैनिकको तलब वृद्धि गर्न माग गरिएको थियो । चौथो त्रैमासिक रोलकलका बखत सो विषयमा प्रधानसेनापतिमाथि सकलदर्जाबाट सो सुझाव आएको राजधानी दैनिकमा महेश्वर दाहालले समाचार छापेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।