Logo

प्रमुख समाचार

एनआरएनए दक्षिण कोरियामा नेकपाले पास्टरलाइ बनायो उम्मेदवार, नेका निकट दुईजना



गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको अधिवेशन हुन अब चार दिन मात्र बाकि छ। आउदो सेक्टेम्बर २१ र २२ मा हुने अधिबेशनको तयारी सबै पुरा भएको जनाइएको छ । निर्वाचन समितिले गत ११ तारिखदेखि काम सुरु गरि अन्तिम उम्मेदवार नामावली समेत प्रकाशित गरिसकेको छ।

निर्वाचन समितिले प्रकाशित गरेका ३ जना उम्मेदवार मध्ये एकजना उम्मेदवार सत्तारुढ पाटी नेकपाको विदेश संगठन विभाग दक्षिण कोरियाका सल्लाहकार यज्ञराज सुवेदी हुन। सुवेदीलाई नेकपाले आन्तरिक रुपमा आफ्नो उम्मेदवार बनाएको छ । कोरियामा धेरैले उनलाई चिन्दैन । तर उनलाई चिन्ने धेरै आधारहरु भने निकै विवादित छन । विगतदेखि विभिन्न विवादमा तानिदै आएका सुवेदीको पछिल्लो गतिविधी भनेको धार्मिक ब्यापार हो । उनले विदेशी धर्मलाइ ब्यापारको रुपमा नेपाली समक्ष लाद्ने गरेको उनीसग भेट भएकाहरु बताउछन्। उनी क्रिष्चियन धर्मको पास्टर हुन।

उनले नेपालीलाई हिन्दु धर्म छाडेर क्रिष्चियन धर्म बन्न विभिन्न प्रलोभन तथा आश्वासन दिने गरेको खुलेको छ। उनको उम्मेदवारीलाई आलोचकहरुले एनआरएनएलाई कब्जा गरि क्रिष्चियनको अखडा बनाउने खेल भएको आरोप लगाउन थालेका छन्। उनको खेलोमेलो थाहा पाएकाहरु अदृश्य रुपमा सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन्। हुन पनि उनको आन्तरिक गतिविधि र राजनीतिक झुकाव धेरैलाई थाहा नहुदा एउटा हुल सुवेदीलाई जिताउन अन्धभक्त बनेर अगाडी बढिरहेको छ। उक्त हुलले भने जस्तो सुवेदी स्वतन्त्र र साझा उम्मेदवार होइनन्। उनी नेकपाको सल्लाहकार तथा एक कट्टर क्रिष्चियन धर्म प्रचारक पास्टर भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

सुवेदी बाहिर एउटा भित्र अर्को गर्ने ब्यक्ति भएको जानकारहरु बताउछन्। कोरियाको बुसान शहरतिर सेल्टर संचालन गरि मजदुरहरुलाइ चर्को शुल्क असुल्ने गरेको अर्को आरोप उनिमाथि छ। काम छाडेर केही समय अर्को काम खोज्नको लागि नेपालीहरु त्यस्ता सेल्टरमा बाँस बस्न जान्छन्। सामान्यतया सेल्टरहरु प्रवेश शुल्क दुई हजारदेखि पाँच हजार वनसम्म लिने चलन छ। यति रकम बुझाए पछि सबै ठाउँमा तीन चार महिनासम्म बस्न मिल्छ, तर सुवेदीले प्रत्येक महिना पाँच हजार वन बराबर रकम शुल्क बापत असुल्ने गरेको एक पिडितले बताए। ति पिडितका अनुसार मासिक पाँच हजार वन आफुले निरन्तर ३ बर्षसम्म विनाअर्थ तिरेको बताए । उनले दिएको केही प्रमाणहरु हामीसँग सुरक्षित छ।

यस्तै कोरियामा भिषा परिवर्तनको काम गरिदिन्छु भनेर चर्को कमिसन लिने गरेको अर्को संगिन आरोप पनि उनिमाथि छ । एकजना पिडितले केही विवरणहरु देखाउदै भने उहाँले एनआरएनए दक्षिण कोरियालाइ यो गर्छु उ गर्छु भनेर प्रतिबद्धता ब्यक्त गरेको पढे, ती प्रतिबद्धताहरुले उहाँलाई नै कति गिज्याईरहेका होलान रु प्रश्न गर्दै भने उहाँको बारेमा धेरै युवाहरु कोरियामा भ्रममा हुनुहुन्छ । उनी माथि अर्को पनि आरोप छ ।

अघिल्लो कार्यकाल सौलका विषेश ब्यक्तिहरु बिनोद कुँवर लगाएतसंग दोस्रो बर्ष सुवेदीले अध्यक्ष पाउने लिखित रुपमा सहमति पत्रमा सहमति गरेर सौलबाट बुसानतिर हिडेको तर बुसान नपुग्दै बिच बाटोबाट एनआरएनए संस्था अबैध हो म हुदैन भनेको कुरा अहिले निकै चर्चा छ। उनले हालका अध्यक्ष लक्ष्मी रानासँग सदस्य कार्ड लिनको लागि प्रक्रिया पुर्याएको तर बीस हजार वन नतिरेपछि सदस्यता कार्ड समेत अलपत्र परेको भन्दै मान्छेहरु खिल्लि उडाउछन रु उहाँको भाषामा त्यहि अबैध संस्थाको अध्यक्षमा फेरि किन उठदै हुनुहुन्छ सौलका एक प्रतिष्ठित नेपाली ब्यापारीले भनेरु उनलाई सबैभन्दा बढि आलोचना नेपालीलाई विभिन्न प्रलोभनमा पारेर क्रिष्चियन धर्म बनाउने कुरामा हुने गरेको छ। नेकपाको एउटा तह उनलाई बाईपास गर्ने पक्षमा छ तर विगतदेखि एमाले पृष्ठभूमिका सुवेदीले नेकपा बाहेक अरु मौसमी अभियान्ताहरु पनि समातेका छन। रवि लामिछानेका कोरिया प्रतिनिधि यम श्रेष्ठ, राष्ट्रप्रेमि स्वतन्त्र अभियान आदि समूह उनका अन्य सहयोगीमा पर्छन। यी समूह पनि सुवेदीको विगत बर्तमान नबुझेर पछि लागेको विश्लेषण छ।

रवि लामिछानेका प्रतिनिधि यम भने भिषा अवधि सकिएपछि अधिवेशन हुनुभन्दा एकसाता अघि नै नेपाल फिर्ता भएका छन्। सुवेदीको प्रचारप्रसारको मुख्य काम नेकपाका अर्का सल्लाहकार तथा पत्रकार महासंघ कोरियाका पुर्व अध्यक्ष खेम कार्कीले गर्दै आएका छन्। कहिले समाचार त कहिले फेसबुक लाइभ, कहिले आफु निकट अनलाइनमा कार्कीले आफ्ना सहपाठीलाई जिताउन समाचारहरु लेख्दै आएका छन्।

यस्तै अध्यक्षका अर्का उम्मेदवार हुन विपिन गुरुङ। विपिन गुरुङ हालको एनआरएनका बरिस्ठ उपाध्यक्ष समेत हुन। राजनीति रुपमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङलाई नेपाली काँग्रेसको समर्थन रहेको बुझिन्छ। उनीसँग जनमत भएपनि प्रचार प्रसार त्यति खरो छैन। यसपटक अर्को रमाइलो पक्ष विगत जस्तो पाटीहरुले हाम्रो उम्मेदवार यो उ भनेर प्रष्ट हस्तक्षेप नगरेको जस्तो गरेका छन्। बाहिर नखुलाए पनि आन्तरिक रुपमा पाटीगत उम्मेदवार चयन गरिएको छ।

गएको छुसक पर्वको बिदामा राजधानी सौलमा पटक पटक नेका र नेकपाका छुट्टाछुट्टै बैठकले उम्मेदवार टुंगो लगाएर उम्मेदवारी दर्ता गराएको स्रोतले बतायो। सोहि अनुसार विपिनलाई पनि नेकाले उम्मेदवार बनाएको बुझिएको छ। विपिन रेस्टुरेन्ट ब्यवसायि साथै भलिबल खेलाडी हुन। छिट्टै आवेगमा आउने कारणले उनको पनि आलोचना हुने गरेको छ ।

विपिन अध्यक्षका बलिया उम्मेदवार हुन तर नेपाली काँग्रेस समर्थित अर्का बुद्धि गुरुङले पनि अध्यक्षमा उम्मेदवारी दिएपछि विपिनलाई कठिन हुन सक्ने र सुवेदीले जित्न सक्ने अनुमान पनि छ। बुद्धीलाइ मनाउने अन्तिम प्रयास पनि भैरहेको स्रोतले बतायो। बुद्धि अघिल्लो अधिवेशनका अध्यक्षका प्रत्यासी थिए। उतिबेला उनलाई नेका नेताहरूले यस पटक अध्यक्ष बनाउने सहमतिमा छाडन लगाइएको आरोप छ। सबैभन्दा कमजोर उम्मेदवारको रुपमा बुद्धीलाई लिइएको छ। विषेशगरि भाषणकला तथा संस्थागत नेतृत्वको लागि असाध्यै असक्षम भन्दै आलोचना हुने गरेको छ ।

निर्वाचन समिती द्वारा सार्वजानिक उम्मेद्वारहरूको नामावली यस्तो छ ।

लक्ष्मी गुरूंग (आईसीसी सदस्य
ओम नारायण जुग्जाली (आईसीसी सदस्य
बिपिन गुरूंग (अध्यक्ष
बुद्दि गुरूंग (अध्यक्ष
यज्ञराज सुवेदी (अध्यक्ष
दिपक पुन (बरिष्ठ उपाध्यक्ष
अमृत राई (बरिष्ठ उपाध्यक्ष
अम्बिका डिसी पार्क (उपाध्यक्ष
सन्जिव कुमार राई (उपाध्यक्ष
सुरेश खत्री (उपाध्यक्ष
यदु लामिछाने (उपाध्यक्ष
सोम बहादुर तामांग (उपाध्यक्ष
ईश्वर बहादुर रोकाया(उपाध्यक्ष
धर्मराज जोशी (महासचिव
बिमल सुवेदी (महासचिव
किशोर कोईराला (सचिव
रोशन भट्टराई (सचिव
राजकुमार स्यांगतान (सचिव
चन्द्र राना(कोषाध्यक्ष
कुन्सांग शेर्पा (कोषाध्यक्ष
संगिता कुवँर (कोषाध्यक्ष
सन्तोष खड्का (सह(कोषाध्यक्ष
अरूण श्रेष्ठ (यूवा संयोजक
अभिषेक सापकोटा(यूवा संयोजक
शुभद्दा पालुंवा (महिला संयोजक
दिनेश चौँलागाई (सदस्य
उमेश पोख्रेल (सदस्य
ओम बहादुर कार्की (सदस्य
सुवास चन्द्र चौधरी (सदस्य
अभिषेक कुमार चौरासिया (सदस्य
बिश्वमणी दाहाल (सदस्य

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ०१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।