प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले विद्यार्थीहरु भनेका राष्ट्र बदल्ने संवाहक भएको बताएका छन् । शाहले देशमा लोकतान्त्रिक ब्यबस्था ल्याउन पनि विद्यार्थीहरुको अग्रनी भुमिका भएको उल्लेख गरे । पूर्व उपाध्यक्ष शाहले हरेक सन्तानले आफ्ना अभिभावकको पसिनाको प्रतिफल खोज्नुपर्ने बताएका छन् ।
ताराकेश्वर विद्यार्थी समाजले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा आयोजना गरेको दशै, तिहार, नेपाल संवद तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शाहले गाउँबाट एसइई सकाएर राजधानीमा पढ्न आएका विद्यार्थीले आफ्ना आमा बाबाको पसिन र मेहनतलाई खेर जान नदिन पनि आग्रह गरे ।
शाहले ग्रामिण क्षेत्रबाट राजधानीमा पढन आएका विद्यार्थीहरुले पढाईलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने जिकिर गरे ।


















प्रतिक्रिया