Logo

मृत अवस्थामा ४ जना फेला



कास्की, मादी गाउँपालिका-२ ल्याप्रयाङस्थित खोलामा सोही गाउँपालिका-२ ताङतिङमा काम गर्ने रुपन्देही देवदह नगरपालिका-५ घर भएका २९ वर्षीय बल्लु परियार बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, गोदावरी नगरपालिका-६ भुयारास्थित बाटोमा सोही नगरपालिका-६ बडेहा बस्ने ४४ वर्षीय कालु नेपाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, गोकर्णश्वर नगरपालिका-६ नारायणटार पुल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीया पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ५६ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।