Logo
आजको तस्बिर

‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न (फोटो फिचर)


ईटहरीर ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल(२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न दोस्रो अडिसनमा २२ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

दोश्रोअडिसनमा निर्णायकको रुपमा मिस नेपाल आइडल २०१९ कि बिजेता मिस मेरिना तुम्सा लिम्बु, हेल्थ अड्भाइजर रोशनी गुरुङ, त्यस्तै ह्याइट हाउस इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका एम।डि। पोशन श्रेष्ठ र इम्पेरीयल क्विन इभेन्ट प्राइभेट लिमिटेड कि इभेन्ट म्यानेजर मनिषा लिम्बु रहेका थिए ।

सो अडिसनमा आफुले ईटहरि अडिसनमा जस्तै सोचे अनुरुपको सहभागिता देखिएको आयोजक कम्पनीका दिपक गिरीले जानकारी गराए । यो भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको गिरीले बताए ।

कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् ।

बिजेता ब्वाईज-गर्ललाई २५ र २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ र १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० र १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।