Logo

समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड



नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा २ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ५ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८० हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मूल्य ८० हजार ४ सय रहेको छ ।

बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंमघले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।