Logo

समाचार

अफगानिस्तानमा तालिबानीको आक्रमणमा परी ६ जनाको मृत्यु



अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त तालिबान लडाकु सक्रिय रहेकाले सो आक्रमणमा परी ६ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताएका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । यस आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् । आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ । तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् । 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १५:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।