Logo

समाचार

गोकुल बाँस्कोटाको निवासमा बम विस्फोट



सेक्युरिटी प्रेस खरिदमा बिचौलियासँग ७० करोड कमिसन डिल गरेको आरोप लागेपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित निवासमा बम विस्फोट भएको छ ।

मध्यपुर ठिमी नपरपालिका–१ मा बन्दै गरेको बाँस्कोटाको नयाँ घरमा बुधबार बिहान बम विस्फोट भएको हो । प्रहरीका अनुसार विस्फोटबाट घरको पर्खाल र झ्यालका सिसा फुटेका छन् ।

पार्किङमा राखिएको मारुती भ्यानमा समेत क्षति पूगेको छ । ठूलो आवाजसहित विस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।

विस्फोटका समयमा घरमा कोही नभएका कारण मानवीय क्षति भने हुन पाएन । बाँस्कोटा प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा बस्दै आएका छन् ।

बम कसले र किन विस्फोट गरायो भन्नेबारे प्रहरीले केही बताएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।