बारा, प्रसौनी गाउँपालिका-६ गोईठही टोलस्थित बीरेन्द्र साहको धान खेतमा ना.५ त ४२१९ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान दाई गर्ने क्रममा ट्याक्टरबाट अचानक परालमा आगो सल्किन गई बुधबार दिउँसो आगलागी हुँदा ट्याक्टर र धान पराल पूर्णरूपमा जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्युठान, गौमुखी गाउँपालिका-४ पुजा बस्ने टेकुलाल शर्मा र शिबलाल शर्माको गोठमा बुधबार दिउँसो आगलागी हुँदा दुवै जनाको गोठ र गोठभित्र रहेको काठपात जलेर करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।




















प्रतिक्रिया