सरकारले सामुदायिक वनको माग सम्बोधन नगरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (नेपाल) को माग सम्बोधन नगरेको फेकोफनका अध्यक्ष भारती पाठकले आरोप लगाउनुभएको छ । महासंघले आज उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, वन पैदावारमा लगाइएको खुल्ला गर्नुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा गरेको धर्नालाई सम्बोधन गर्नुहुँदैै सामुदायिक वनको अधिकारका विषयमा सरकारलाई धेरैपटक ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो । “सामुदायिक वनमाथिको ज्याजति फेकोफनलाई स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो । चुरे वन संरक्षण क्षेत्रका विषयमा फेकोफनले पटकपटक आन्दोलन गर्दा पनि त्यसको सुनुवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनले संरक्षण गर्दै आएको वन क्षेत्र उपभोगको अधिकार पनि सामुदायिक वनकै भएकाले त्यो अधिकार सरकारले खोस्न नहुने बताउनुभयो । संरक्षित वनमाथि सरकारको गिद्दे नजर रहेको समेत उहाँले आरोप लगाउनुभयो । फेकोफन बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले सामुदायिक वनका विषयमा दुई तिहाईको सरकार आइसकेपछि पनि पन्चायतकालको जस्तै स्थिति रहेको आरोप लगाउनुभयो ।

सो अवसरमा फेकोफनका विभिन्न जिल्ला महासंघका पदाधिकारीहरुले सामुदायिक वनमाथिको हस्तक्षेपका विषयमा जिल्लाव्यापी रुपमा ज्ञापनपत्र बुझाउने र धर्नाका गतिविधिहरु सञ्चालन भइरहेको भइरहेको भन्दै माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका थिए । सो विषयमा फेकोफनले बिहीबार पनि धर्ना गरेको थियो ।धर्नाका क्रममा फेकोफन जिल्ला महासंघका पदाधिकारी, प्रदेश महासंघका पदाधिकारीहरु, केन्द्रका पदाधिकारीहरु तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिति थियो ।





















प्रतिक्रिया