Logo

अर्थ

एनआइसी एसिया ग्रोथ फन्डको मौज्दात घटेपनि शेयर लगानी बढ्दो



साउन मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढेको छ । एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । यो असारको भन्दा २३ पैसाले धेरै हो । असारमा यस फन्डको न्याभ ११ रुपैयाँ ७५ पैसा थियो । १ महिनाको अवधिमा सूचीकृत सेयरमा लगानी ६ दशमलव ९९ प्रतिशतले बढेर ५९ करोड ७१ लाख २६ हजार रुपैयाँ पुगेको छ । असारमा यसको सेयरमा ५५ करोड ८० लाख ७७ हजार रुपैयाँ लगानी रहेको थियो ।

साउन मसान्तसम्म आइपुग्दा भने यस फन्डको बैंक मौज्दात घटेको छ । यसअवधिमा बैंक मौज्दात २ करोड ५७ लाख ५० हजार रुपैयाँ घटेर २४ करोड ३१ लाख १३ हजार रुपैयाँमा आएको छ । असारमा यसको बैंक मौज्दातमा २६ करोड ८८ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यसअवधिमा फन्डले ७९ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा ३ करोड ७६ लाख ४३ हजार ४९० रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।