Logo

अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, हेनुस् आजको बजारभाउ



पछिल्ले केही दिनमा सुनको मूल्य विस्तारै उकालो चढ्दै आएको छ । आज (मंगलबार) भने नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको हो । अघिल्लो दिन ९७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सयले बृद्धि भएर ९८ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको थियो । सोमबार पनि सुनको मूल्य प्रतितोला ३ सयले बढेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।