Logo

समाचार

गिरिजा र सुशील कोइरालाको नामका अस्पताल संघीय सरकारकै मातहतमा



सरकारले कांग्रेसका दिवंगत दुई नेताहरुका नाममा रहेका अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसका दिवंगत नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगंजलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

यसअघि सरकारले नै यि दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । कांग्रेसले सरकारको सो निर्णयको विरुद्धमा सदनदेखि सडकसम्म आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।