Logo

खेलकुद

गेरुवामा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुदै



गेरुवा गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । विहिवार देखी एक प्रिय राठोर माध्यामिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, एक सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर दौड र सय गुणा ४,४ सय गुणा ४ रिले, सटपट, लङ्गजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्याब्लिन थ्रो, लगायतका खेलहरुमा छात्र छात्रा बिच प्रतिष्पर्धा गराईने जनाईएको छ ।
प्र
तियोगितामा गाउँपालिका अन्तरगतका २७ वटा सामुदायिक र ७ वटा संस्थागत गरी ३४ वटा विद्यालयहरुका छात्र छात्राहरु सहभागि रहने गेरुवा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रथम गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मुल आयोजक समितिका संयोजक कृष्ण गोपाल चौधरीले बताए ।

रनिङ शिल्ड खेलकुद प्रतियोगिता गेरुवा गाउँपालिकाको सहयोग तथा गेरुवा गाउँपालिका शिक्षा शाखा र गेरुवा गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा सञ्चालन हुन लागेको हो । प्रतियोगिता २१ गते सम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ०४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।