प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता रद्ध गर्न माग गर्दै प्रदर्शन गरेको छ । नविसंघे मंगलबार सरकार र सिकेबीचको सम्झौताविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो।
नेविसंघ त्रिचन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शन प्रदर्शनीमार्ग, पुतलीसडक, कमलादीहुँदै घण्टाघरसम्म गरिएको थियो । प्रदर्शनपछिको कोणसभामा नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेम जोशीले जनअभिमतका नाममा राष्ट्रिय अखण्डतामा धावा बोल्ने काम भएकोमा विरोध गरेको बताए।
‘हिमाल, पहाड, तराइ कोही छैन पराइ’ लेखिएको ब्यानर बोकेर नेविसंघले प्रदर्शन गरेको हो। राष्ट्रिय अखण्डतामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विखण्डनकारी सिके राउत लागेको भन्दै नेविसंघले विरोध गरेको थापाले बताए। साथै नेविसंघ रत्नराज्य क्याम्पस इकाईले सरकार र राउतबीच भएको सम्झौताको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गरेको छ।


















प्रतिक्रिया