रीमानको कुटाइबाट पर्सामा एक महिलाको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका २३, प्रसौनी विर्ताका पन्नालाल दासको कुटाइबाट उनकी ३२ वर्षीया श्रीमती अञ्जु देवीको शुक्रबार मृत्यु भएको हो ।
गत चैत १५ गते वीरगन्ज ११, श्रीपुरका डा. सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीता यादवको मृत्यु भएको थियो । प्रहरीका अनुसार पारिवारिक विषयमा भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षको आरोप छ ।
शव सद्गतका लागि घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीका आधारमा प्रहरीले अनुसन्धान थाल्दा पन्नालाल फरार भएका छन् ।
अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइती पक्षको जिम्मा लगाएको हो । घटनामा संलग्न पन्नालाललगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया