Logo

प्रमुख समाचार

पार्टी भाँड्ने दीपकको यस्तो बिजोग



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरा आफ्नो लागि भनेपछि जे पनि गर्छन् तर पार्टीको लागि भने उनी सधैं भिलेनजस्तो बनेका छन् । उनी पार्टीलाई मिलाउने नाममा सधैं भाँड्ने खेतिमात्र गर्ने गर्छन् ।

पार्टीमा डेरा सरिरहने उनको बानी छ । अहिले उनी कमल थापा नेतृत्वको पार्टीमा पद लिएर गएका छन् । यसअघि राप्रपा (प्रजातान्त्रिक) मा रहेका उनलाई पशुपति शमशेर राणाले नपत्याएपछि उनी भौंतारिएर थापाकामा पुगेका हुन् । बोहरा प्रतिनिधिसभामा रुपन्देहीबाट पराजित भए ।

उनले २०७० सालको संविधानसभा जितेका थिए । मन्त्री खान भनेपछि ज्यानै छोड्ने बोहराले यसअघि थापालाई छोडेर राणाको पार्टीमा लागेका थिए । बोहरालाई पार्टी एकता गर्ने भन्दा पनि भाँड्ने र त्यही मौकामा फाइदा लिन खोज्ने नेताका रुपमा पार्टीभित्र चिनिने गरिएको छ ।

राणाले बोहराको जासुसी पारा मन नपराएपछि लात हानेका थिए । अनि उनी थापाको शरणमा पुगेका हुन् । राप्रपामा पार्टी छाडेर पोइला जाने प्रचलन बढेको छ । राणासँगै रहँदा आफू पछि परिएला भनेर उनले केशरबहादुर बिष्टलाई पार्टीमा ढिम्किन पनि दिएनन् ।

अन्तिममा उनले नै पार्टी छोडेर गएपछि बिष्ट पनि आउन सकेका छैनन् । यतिसम्म कि उनले आफू मन्त्री भएर पनि आफ्नै पार्टीका जयन्त चन्दलाई ६ महिनापछि मात्र मन्त्री बनाए । उनी पाएजति पद आफैंमात्र लिनुपर्छ भन्ने पक्षमा छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार ०५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।