Logo

प्रमुख समाचार

नेकपाको पोलिटब्युरोमा पूर्वएमालेबाट को–को पर्दै छन ? (नामसहित)



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्यूरो गठनको गृहकार्य शुरु गरेको छ ।नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाई १ सय ४७ सदस्यीय पोलिट्ब्यूरोमा पूर्व एमाले र पूर्व माओवादीबाट क्रमशः ५५ र ४५ प्रतिशतको अनुपात अर्थात् नियुक्ति गरिनेछ ।

पोलिटब्युरोमा एमालेले ८२ र माओवादीले ६५ जना सदस्य पाउनेछन् ।स्रोतका अनुसार एमालेमा पोलिटब्यूरो सदस्य रहेकाहरू सबै नेकपामा पनि रहनेछन् । एमालेतर्फ पोलिट्ब्यूरोका लागि त्यति समस्या छैन । माओवादीतर्फ भने समस्या देखिएको छ ।

स्रोतहरूका अनुसार माओवादीतर्फबाट नेकपाको पोलिटब्यूरोमा लैजाने सदस्यहरूको सूची अहिले तयार भइरहेको छ ।
एमालेमा ५९ जना पोलिट्ब्यूरो सदस्य थिए । यसअघि पोलिट्ब्यूरोमा रहेका गणेश तिमिल्सेना राष्ट्रियसभा सदस्य, सानु श्रेष्ठ प्रदेश नम्बर तीनको सभामुख र अग्नि खरेल महान्यायाधिवक्ता भएकाले रिक्त तीनसहित एमालेर्फबाट २३ जना नयाँ सदस्य थपिनेछन् ।

पोलिट्ब्यूरोमा रहिसकेर एमालेको नवौँ महाधिवेशनमा पराजित भएका तर पछि केन्द्रीय कमिटीमा थपिएका खगराज अधिकारी, नरेश खरेल र धर्मनाथ साह यसपाली एमालेको तर्फबाट नेकपाको पोलिट्ब्यूरोमा थपिने संभावित नाम हुन् ।

यसअघि पहिले एमालेको पोलिट्ब्यूरोमा रहे पनि पार्टी छाडेर पुनः फर्किएका विजय सुब्बाको विषयमा नेताहरुबीच सहमति बन्न सकेको छैन ।

तीनपटक वा त्यसभन्दा बढी केन्द्रीय सदस्य भइसकेका नेताहरू गुरु बराल, देवराज घिमिरे, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, भानुभक्त ढकाल, रामचन्द्र यादव र जयन्ती राई यसपटक पोलिट्ब्यूरोमा पर्ने सूचीमा छन् ।

नेकपा पोलिट्ब्यूरोमा पर्न केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूलाई दबाब दिने क्रम बढेको छ ।

एमालेतर्फबाट पोलिटब्यूरोमा महिलाबाट सुजिता शाक्य, जनजातिबाट शेरबहादुर तामाङ, मधेसीबाट श्रीप्रसाद साह, मुस्लिमबाट नजिर मियाँ र दलितबाट चुडामणि जंगलीको सम्भावना रहेको स्रोतहरूले दाबी गरेका छन् ।

१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. डा. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलबहादुर राना
५४. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।