Logo

प्रमुख समाचार

शिर्ष नेतृत्व बौलायो भन्दै प्रदेश २ का चार नेताद्धारा सचिव पद अस्वीकार, ओली प्रचण्डलाई झड्का



जिल्ला स्तरमा पार्टी एकता भएपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चर्केको विवाद अझैपनि साम्य हुन सकेको छैन्।

आफूूभन्दा कनिष्ठ पूूर्ब एमालेका नेतालाई अध्यक्ष बनाइएको र केन्द्रिय कमिटी सदस्यलाई प्रदेश कमिटी मातहत बस्नुपर्ने गरी दिइएको जिम्मेवारीप्रति पुर्व माओवादीका नेताहरुमा तिब्र असन्तुष्टि देखिएको छ ।

सचिवालयले मानमर्दन हुने गरी जिल्ला सचिवमा मनोनयन गरेकोमा असन्तुुष्टि जनाउँदै प्रदेश २ मा चार जना सचिवले पद लिन अस्वीकार गरेका छन् । पर्साको सचिव विजय प्रसाद महतो, रौतहटको सचिव युवराज भट्टराई, सर्लाहीको सचिव डाचाराज वाग्ले र धनुषाको सचिव श्रवण यादवले सचिव पद लिनबाट अस्वीकार गरेका हुन् ।

पर्सा, रौतहट र सर्लाहीका सचिवहरुले लिखित रूपमै पदको जिम्मेवारी नलिने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई लिखित रूपमा अस्वीकृति पत्र बुझाएका छन् भने सर्लाही र रौतहटका सचिव लिखित अस्वीकृति पत्र बुझाएका हुन् ।

धनुषाका सचिव श्रवण यादव बरबरीयाले प्रदेश २ का प्रदेश कमिटीका अध्यक्ष प्रभु साहमार्फत पद नलिने मौखिक जानकारी गराएका छन् । उनले पार्टीका शिर्ष नेताहरु कमयुनिष्ट विचारबाट विचलित भइ बौलाएर आफुहरुको मानमर्दन गर्ने निर्णय गरेको टिप्पणी गरेका छन् ।

‘शिर्ष नेतृत्व बौलाइसकेका छन्, उनीहरुको दिमाग ठिक छैन् विचारबाट विचलित भइसकेकाहरु क्रान्तिलाई गोल घेरा भित्र बन्द गर्न चाहन्छन्’, उनले भने ।

प्रदेश कमिटी मातहत केन्द्रिय कमिटी बस्नुपर्नेगरी जिम्मेवारी दिनु माकर्सवाद, लेनिनवाद र माओवादको कुनै पानामा नलेखेको उनले आक्रोस व्यक्त गरे । ‘मैले आजसम्म जिल्ला अध्यक्ष बनिन्, ३÷४ जिल्लाका इन्चार्जको रुपमा काम गर्दै आएको छु । मेरो योग्य यो पद नै होइन्, उनले भने ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।