नेपाली कांग्रेसको जागरण अभियानलाई वढि भन्दा वढि मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन केन्द्रिय कार्य समितिले निर्देशन दिएको छ ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्गदम्वेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बैठकले सो निदेृशन दिएको हो ।
बैठकले यही बैशाख २५ गतेदेखि सुरुहुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई वढि भन्दा वढि मर्यादित, अनुशासित एवं व्यवस्थित गर्नका लागि पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल कावाही गर्ने समेत बताइएको छ ।
साथै पार्टी हित विपरित काम गर्ने जो कोही भए पनि तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई स्थलगत अनुगमन तथा निरिक्षण गरिदिन अनुरोध समेत गरेको सचिव प्रेम केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


















प्रतिक्रिया