Logo

प्रमुख समाचार

बिष्णु पौडेल ठगिएको भन्दै उनकै गृहजिल्लामा रुपैया संकलन अभियान



नेकपाका महासचिव बिष्णु पौडेल बालुवाटारमा जग्गा किन्दा ठगिएको भन्दै नेविसंघ रुपन्देहिले एक रुपैया सहयोग संकलन अभियान सुरु गरेको छ ।

सो अभियान अन्तगर्त आज संकलन भएको ६५५ रुपैंया आजै इलाका प्रशासन कार्यालय बुटवल मार्फत् प्रधानमन्त्री केपि शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको पुर्व केन्द्रिय सदस्य जमुना ढकालले बताइन् ।

नेविसंघले दिएको रकम बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका उपसचिब प्रकाशचन्द्र अधिकारीले जस्ताको तस्तै मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।

‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान चलाएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १२:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।