Logo

प्रमुख समाचार

काग्रेसमा अब देउवा विरुद्ध बोल्न नपाइने



अब उप्रान्त नेपाली काग्रेसका नेता कार्यकर्ताले पार्टी सभापती शेरबहादुर देउवाको विरुद्धमा बोल्न नपाउने भएका छन् । कांग्रेसको अनुशासन समितिको बैठकले जागरण अभियानका क्रममा पार्टीहित र सभापती देउवा विरुद्ध नबोल्न सर्कुलर जारी गरेको छ।

विशेष गरी सभापति शेरबहादुर देउवाविरुद्ध सार्वजनिक रुपमा नेताहरु खनिने क्रम बढेपछि अनुशासन समिति त्यसमा लगाम लगाउने निष्कर्षमा पुगेको हो।

पार्टीको १४औँ महाधिवेशन नजिकिदै जाँदा शीर्ष नेताहरुबीच नै आरोप प्रत्यारोप बढेको र पार्टीको संस्थागत हित विपरीत बोल्ने तथा गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता गतिविधि नगर्न सचेत गराएको अनुशासन समितिका सदस्य धनराज गुरुङले जानकारी दिए।

अनुशासन समितिको निर्देशन कार्यान्वयन भए नभएको अनुमगन गर्न कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएलाई जिम्मा दिएको सभापति भीष्मराज आङ्गदम्वेले जानकारी दिए।

कानुन व्यवसायी निष्पक्ष हुन्छन् भन्ने मान्यताका आधारमा डिएलएलाई नेताहरुको अभिव्यक्ति र गतिविधि अनुगमन गर्न भनिएको उनले बताए।

अनुशासन समितिको निर्णयमा भनिएको छ, ‘वैशाख २५ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा लाई स्थलगत अनुगमन तथा निरिक्षण गरिदिन अनुरोध गर्ने निर्णय गर्दछ।’

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।