Logo

प्रमुख समाचार

काण्डै-काण्डको वर्तमान सरकारले समृद्धि ल्याउन सक्दैन : संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डिला संग्रौलाले काण्डै-काण्डको सरकारले देशमा विकास र समृद्धि ल्याउन नसक्ने बताएकी छिन् ।

पार्टीको जागरण अभियानमा जुम्ला पुगेकी संग्रौलाले सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, निर्मला हत्याकाण्ड, एनसेल, चिनी, वाइडवडी, मेलम्ची खानेपानी जस्ता काण्डमा सरकार जेलिएको बताइन् ।

देशमा गरिबी, अशिक्षा, बेरोजगार बढे पनि सरकारले समृद्धिको झुटो नारा घन्काउँदै हिड्नु नसुहाएको बताइन् । ‘रुघाखोकीले मान्छेको ज्यान गएको छ,’ उनले भनिन्, ‘हुम्लामा ९ जनाको मृत्यु भएको साता दिनपछि मात्र औषधि र चिकित्सक पठाउने सरकारबाट जनताले आशा गर्ने ठाउँ छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।