Logo
अन्तर्वार्ता

पुष्पा अधिकारीको काखमा शिशु, भक्कानिदैं यसो भनिन् (भिडियो सहित)


काठमाडौं कपनमा रहेको केयर बालगृहवाट ११ बच्चालाई राष्ट्रिय बालअधिकार परिषदले उद्दार गरेपछि उनी अहिले बच्चा बिहिन भएकी छन् । बालगृहमा जिम्मा दिइएको एक बच्चालाई सडकवाट उद्दार गरेको भनेर देखाउन खोज्दा उनी विवादित भएपछि त्यहाँ संरक्षणमा रहेका अन्य बालिका पनि उद्दार गरेर परिषदले लिएर गएको हो । बालगृहकी सञ्चालक पुष्पा अधिकारी आफ्ना बच्चा फिर्ता पाउन माग राख्दै अदालतको ढोका ढककढाउन पुगेकी छन् ।

वैदेशिक रोजगारीका लागि विदेशमा रहेकी महिला गर्भावस्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बालगृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधिकारीले वेवारिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् । लामो समय सम्म बच्चा विहिन भएकी पुष्पा अहिले सहयोग लिएर एक जना सहारा विहिन भएका बच्चालाई दिन पुगेकी छन् ।

बच्चा जन्माएर आमाको निधन भएपछि सहारा विहिन भएका दुई बालबालिकार्ला उनले सहयोग लिएर पुगेकी हुन् । भर्खर जन्मिएको भाईलाई ४ वर्षको बालिकाले स्याहार सुुसार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । बुवा कामका लािग बाहिर जानु पर्ने भएकाले त्यो सानो भाईको सबै जिम्मेवारी ४ वर्षकी दिदीले लिएकी हुन् । छिनछिनमा भाईले दिसा पिसाव गर्छन । भोक लागेको हुन्छ । दिदीले नै भाईलाई खुवाउँछिन् ।

अभिभावकको निधन पछि आएको यस्तो जिम्मेवारी उनले निकै राम्रोसंग निभाएकी छन् । छोरीको यस्तो कामले उनका बुवा निकै खुसी छन् । मुटु र किड्नीमा समस्या आएपछि यि बालकको जन्मपछि आमाको निधन भएको थियो । श्रीमती गुमाएका उनलाई छोरा हुर्काउने कसरी होला भन्ने चिन्ता थियो तर चार वर्षकी दिदीले पुरै जिम्मेवारी लिएकी छन् । त्यो भिडियो सार्वजनिक भएपछि बच्चाको विछोडमा रहेकी पुष्पा सहयोग लिएर पुगेकी हुन् । बच्चाका लागि खानेकुरा, डायपर लगायतका बस्तु लिएर गएको उनले बताएकी छिन् ।