नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् ।संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।
लगत्तै सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नु पर्दैन । यो विन्दुमा हामी उभिएका छौँ । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’
यो पनि पढ्नुहोस्
बालुवाटार बेच्नेलाई सरकारले लुकायो : सभापति शेरबहादुर देउवा
उनले अघि भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’ नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने र साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।उनले निरंकुशताविरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।
तर, यो सिस्टमले परिणाम दिन सकेन भने अमुक प्रधानमन्त्री वा सत्तापक्ष मात्र फेल नहुने भन्दै नेम्वाङले भने, ‘आन्दोलन गरेर हामीले स्थापित गरेको प्रक्रिया फेल हुन्छ । सबै प्रकारका आग्रह पूर्वाग्रहबाट माथि उठेर सफल बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।’


















प्रतिक्रिया