Logo

प्रमुख समाचार

ओली–प्रचण्ड नेतृत्वको नेकपामा अध्यक्षसहित सिङ्गै फोरम बिलय, प्रचण्डले गरे फूलमालाले स्वागत



तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट छुटिट्एको मधेश तराई फोरम नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बिलय भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष अमर यादव सहित फोरम नेपाल नेकपामा बिलय भएको हो ।

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए । प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार ०९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।