प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलाई लक्षित गर्दै मंगलबार पनि विप्लव समूहले बम विस्फोट गराएको छ । मुख्यमन्त्री पोखरेल हिँडेरहेको अबस्थामा उनी माथि बम बिष्फोट गरिएको हो ।
प्रदेश ५ सभाका सांसद दिपेन्द्रकुमार पुनका अनुसार सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन गइरहेका बेला मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै गैरीगाउँस्थित राँकडाँडामा बम विस्फोट भएको थियो ।
मुख्यमन्त्री पोखरेलाई लक्षित गर्दै सोमबार पनि विप्लव समूहले विस्फोट गराएको थियो । बम बिष्फोटबाट कुनै क्षति भने नभएको स्रोतले बताएको छ ।


















प्रतिक्रिया